धरान । गायिका जुनी खालिङ राई र गायक चोत्लुङहाङ लिम्बूको स्वरमा ‘झलमल खुल्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

पूर्वेली गीत गायनमा सक्रिय जुनी र पूर्वाञ्चल गट ट्यालेन्ट–४ का गायनतर्फका विजेता चोत्लुङहाङको लोकभाकाको यो गीत  गायिका जुनीको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

जीवन खालिङ राईको शब्द र अनिल कोयी राईको सङ्गीत रहेको गीतको एरेञ्ज कृष्णभक्त राईले गरेका छन् । गीतको स्टुडियो भिडियोको छायाङ्कन योगेन मुकारुङ र सम्पादन जीवन मुकारुङले गरेका हुन् ।