धरान । एनिमी र कमिक्स संस्कृतिमा आधारित ओटाकू मेला धरानमा पहिलो पटक आयोजना गरिएको छ । 

otaku_mela_dharan (3)

जापानिज आधुनिक संस्कृति तथा युवा पुस्तामाझ लोकप्रिय ओटाकूमा एनिमी (एक प्रकारको कार्टुन) र कमिक्स जीवित मानवमा उतारी प्रस्तुत गरिन्छ । धरान १८ स्थित छोयलिङ गुम्बामा इन्ट्रयुडेर्सको प्रस्तुतिमा मेला लागेको हो । मेलामा एनिमी र कमिक्समा देखिने पहिरन लगाएर युवायुवतीको बाक्लो उपस्थिति रहेको थियो । 

otaku_mela_dharan (5)

रातको ८ बजेसम्म चलेको ओटाकू मेलामा एनिमी र कमिक्ससँग सम्बन्धित सामग्रीको स्टल पनि राखिएको थियो । यस्ता सामग्री बिक्रीपश्चात् आएको मुनाफा भने सडक बालक र त्यस्ता विपन्न परिवारलाई खर्च गर्ने जनाइएको छ । 

otaku_mela_dharan (4)

ओटाकू जापानमा युवापुस्तामाझ एकदमै लोकप्रिय छ । धरानमा पनि युवा पुस्ताहरू कै बाहुल्यता रहेको थियो । जहाँ एनिमी र कमिक्समा प्रयोग गरिने पहिरन तथा त्यस्ता हाउभाउ प्रस्तुत गरिएको थियो । त्यससँगै सांगीतिक कार्यक्रम पनि गरिएको थियो । 

otaku_mela_dharan (2)