धरान / धरानस्थित पब्लिक हाइस्कुलले उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको छ । 

मंगलबार शैक्षिक सत्र २०७८ को नर्सरी देखि कक्षा ९ सम्मको बार्षिक परीक्षा नतिजा सार्वजनिक गर्दै उत्कष्ृट हुने १०९ जना विद्यार्थीहरु र अभिभावकलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । 

गत चैत्र २७ गते बाट बैशाख ७ गते सम्म सञ्चालन भएको बार्षिक परीक्षाको नतिजा प्रकाशन गरि हरेक सेक्सनको प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र दाता छात्रावृतिबाट स्कूल ब्याग वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झाले जानकारी दिए । यसै अवसरमा शैक्षिक सत्र २०७८ मा भौतिक रुपमा विद्यालय सञ्चालन हुँदा कक्षामा सबैभन्दा धेरै दिन उपस्थित हुने सेक्सनगत छात्र र छात्राहरुलाई पनि प्रोत्साहन गर्दै पुरस्कृत गरिएको र नानीहरुलाई स्कुल नियमित पठाउने अभिभावकलाई पनि सम्मान गरिएको उनले बताए । 

बैसाख १४ गतेबाट २० गतेसम्म पुराना विद्यार्थीहरुको नाम दर्ता गराउने र नयाँ विद्यार्थीहरुको प्रवेश परीक्षा बैशाख २४ गते बिहान ८ बजे सञ्चालन गरिने बिद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी दिए । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीको  अध्यक्षतामा सञ्चालित कार्यक्रम शिक्षक अभिभावक संघको अध्यक्ष राजेन्द्र कुमार राई, विद्यालय व्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समिति, निर्माण सहयोग समिति अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा विद्यालयका इन्चार्ज  बीरेन्द्रबहादुर शाहले सञ्चालन गरेको संयोजक लेखनाथ भट्टराईले जानकारी दिए । 

गोमा कुलुङबाट