धरान । अभिनेता अनुपविक्रम शाहीले एक एड्भेन्चर शोको होस्ट गर्ने भएका छन् ।

सौगातमान सिंह बस्नेतले निर्देशन गर्न लागेको शोमा पर्यटनसम्बन्धी यात्राबारे प्रस्तुत गरिने बताइएको छ । शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उद्देश्यले अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुने बताइएको छ ।

शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’ का विषय समेटिने शोका निर्देशक बस्नेतले बताए ।

स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारिक कार्यक्रममार्फत् गर्ने बताइएको छ । शोमा थुप्रै पिकहरू चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य रहेको बताइएको छ ।