पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् ।

बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको बताए । “यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,” उनले भने । 

मीर सादिक मैसूरका टिपू सुल्तानका मन्त्री थिए । सन् १७९८–९९ मा भएको चौथो एङ्लोे–मैसूर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपु सुल्तानलाई धोका दिई बेलायतको विजयका लागि बाटो खोलेका थिए । त्यस्तै मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको अधीनमा बङ्गाल सेनाको कमान्डरको रूपमा सेवा गरे र प्लासीको युद्धको दौडान उनलाई धोका दिए । यसले भारतमा ब्रिटिश शासनको लागि बाटो खोलिदियो । 

प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, “विदेशी षडयन्त्रद्वारा तपाइहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन् ।”

पाकिस्तानी विपक्षी दलहरू, जसले अहिले पाकिस्तानी संसदमा प्रधानमन्त्री खानविरूद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका छन्, ले बिदेशीको इशारामा राष्ट्रलाई बर्बाद गरेको आरोप सम्बोधनका क्रममा उनले लगाएका हुन् । 

षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोच भन्दै उनले भने, “म तपाईहरूलाई भन्न चाहन्छु कि म अन्तसम्मै लड्दैछु । मेरो राजनीतिमा आफन्तहरू छैनन्, ममा उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरु छैनन् । यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ ।” 

उनले विपक्षीहरूलाई लक्षित गर्दै भने, “मैले राष्ट्रलाई बर्बाद गरेको यो नाटक उहाँहरूले किन गरिरहेका छन् रु के ३।५ वर्षमा देश बर्बाद भयो त रु म तपाईंहरूलाई चुनौती दिन्छु कि ३.५ वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन । यो आइतवार मत परिणाम कस्तो आउनेछ रु देशले कुन दिशा लिनेछ ?”

“म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौं । स्वतन्त्र देशको लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन तर देश आफैे विरुद्ध पनि हो ।” 

उनले भने, विदेशी मुलुकलाई सारिनुभन्दा अघि पनि अविश्वास प्रस्तावबारे चर्चा थियो र “उनीहरु (विपक्षी) दलहरुसँग उनीहरुको सम्बन्ध थियो ।” उनले यो विरोध वर्तमान् पाकिस्तान सरकारविरुद्धभन्दा पनि इमरान खानविरुद्ध भएको दावी गरे ।  उनले विपक्षी नेताहरूलाई विदेशीहरूको विश्वास पात्र बढी र पाकिस्तानी नागरिक कम भएको भन्दै व्यङ्ग्य गरेका थिए । 

इमरान खान सरकारविरुद्धको अविश्वास प्रस्ताव राष्ट्रियसभामा टेबुल हुँदा उहाँसँग अहिले कूल १६१ सदस्य छन् र विपक्षमा बहुमत छ भनी विपक्षी दलहरूले दाबी गर्दै आएका छन् 

प्रधानमन्त्री खानविरुद्ध खुल्ला रुपमा पीटीआईका केही सहयोगीहरू खुलेकाले यसको प्रस्ताव पास हुनेमा प्रतिपक्ष विश्वस्त भएका हुन् । मुत्तहिदा काउमी मुभमेन्ट – पाकिस्तान (एमक्यूएम–पी)ले खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षीहरूसँग मिलेपछि उनको बहुमत गुमेको बताइएको छ । पाकिस्तानको संसद्को तल्लो सदनमा पाकिस्तानी सरकारले आफ्नो बहुमत गुमाएको पाकिस्तानी जियो टिभीले विपक्षी नेताहरूलाई उद्धृत गरी बिहीबार समाचार सम्प्रेषण गरेको छ । 

पाकिस्तानी राष्ट्रिय सभाको कूल क्षमता ३४२ सदस्यीय छ । बहुमतको लागि १७२ मत आवश्यक पर्छ । पीटीआई नेतृत्वको गठबन्धन १७९ सदस्यको समर्थनमा गठन भएको थियो । तर, अहिले एमक्यूएम–पीले पीटीआईसँगको गठबन्धन छोडेपछि उससँग अब १६४ सदस्यको समर्थन हुने स्पष्ट देखिएको छ भने विपक्षी दलसँग अहिले राष्ट्रिय सभामा १७७ जना समर्थक रहेका छन् ।