क्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।

स्थानीय समय अनुसार बिहान १०:३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। 

यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।

"मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्," कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ।

युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन्  भने चौथो चरण भिडियो मार्फत भएको थियो।