धरान । मिस्टर धरानको एक्काइसौं संस्करण हुने भएको छ । एलाइनेट जिमको १९ औं प्रस्तुतिमा २१ औं मिस्टर धरान हुन लागेको मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

मिस्टर धरान खुल्ला नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिताको २१ औं संस्करण गरिन लागिएको आयोजक कमिटीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए । प्रतियोगितामा पाँचवटा तौल समूहमा भिडन्त गराइन लागिएको छ । ५५ केजीदेखि ७५ केजीसम्म हरेक तौल समूहमा ६ जनासम्मले भिडन्त गर्न पाउने उनले जानकारी दिए ।

पहिलो दिन प्रिजर्जिङ राउन्ड हुनेछ भने दोस्रो दिन फाइनल राउन्ड हुनेछ । फागुन २० र २१ गते हुन लागेको प्रतियोगितामा विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ । दोस्रोले नगद ४० हजार, तेस्रोले नगद ३० हजार, चौथोले २० हजार र पाँचौंले १५ हजार रुपैयाँसहित मेडल र प्रमाण–पत्र पाउनेछन् ।

त्यस्तै हरेक तौल समूहका विजेताले पनि नगद ५ हजार रुपैयाँ पाउनेछ भने मोस्ट मस्कुलर मेनलाई पनि पुरस्कार दिइनेछ । हरेक तौल समूहका विजेताले ओभरअल राउन्डमा प्रवेश गर्दै उपाधिका लागि भिडन्त गर्न पाउनेछन् । प्रतियोगिताकै बीचमा प्रशिक्षण कार्यक्रम पनि रहने उनले जानकारी दिए ।

कोरोना महामारीका कारण केही वर्ष स्थगित गरिएको प्रतियोगिता फेरि सञ्चालन गर्न लागिएको हो । एलाइनेट जिमले मिस्टर कोसी पनि गर्दै आएको थियो । प्रतियोगितामा भिडन्त गर्नका लागि धरानका बसोबास गरेको हुनुपर्ने मापदण्ड रहेको छ ।

खेलाडीहरूलाई आर्थिक रूपमा सबल बनाउँदै स्वस्थ रहन प्रेरित गर्न कार्यक्रम गर्न लागिएको हो । प्रतियोगिता धरान–८ स्थित सभागृहमा हुन लागेको हो । कोभिड महामारीका कारण २ वर्ष जिम हल पनि प्रभावित बनेको थियो भने शारीरिक सुगठन प्रतियोगिताहरू पनि भएका थिएनन् । पहिलो मिस्टर धरान भने रमेश खनाल हुन् ।