पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पुर्जावालले आफ्नो समय अनुकूलतामा विभिन्न बहाना बाजी गर्दै सुकुम्बासीहरुलाई तर्साउने काम गर्दै आएको छ । यसै क्रममा नगरका तीन वटा वडामा ३५ दिन पछि सुकुम्बासीहरुले जग्गा छोड्नु पर्ने सूचना टास गरिएपछि सुकुम्बासीहरु आक्रोशित बनेका छन् ।

बिहीबार नेकपा एमाले पथरीशनिश्चरे १० नम्बर वडा कमिटीले पुर्जावालको गतिविधिको बारेमा विरोध गरेको छ । एमाले वडा कमिटीले विज्ञप्ति निकाल्दै पत्रकार सम्मेलनको आयोजना गरी त्यसको खबरदारी गरेको हो । उनीहरूले माघ ११ गते मंगलबार नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला र प्रमुख प्रशासकीय अधिकृत नभएको मौका छोपी पुर्जावाल डिल्ली प्रसाद प्रसाईँ, शिव भट्टराई र मोहन कार्कीको नेतृत्वको दबाबमा वडा नम्बर ३, ४ र १० मा सूचना टास गरेका थिए ।

272299492_1186163018586488_

प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाद्वारा हस्ताक्षरित प.स. ०७८/०७९ च.न. ७१४३ मा कोश टप्पु आरक्ष रहेको सट्टाभर्ना स्वरूप केचना क्षेत्रमा पाएका सट्टाभर्ना प्राप्त गर्नु अगावै अतिक्रमण भएकोले सर्वोच्च अदालतको फैसला बमोजिम जग्गा धनीलाई जग्गा भोगचलन गराउन आदेश अनुसार २०७८ माघ २ गते पत्र पथरीशनिश्चरे नगरपालिकालाई पत्र लेखेको थियो । उनीहरूले जिल्ला अधिकारीसँग पत्र बुझेँको केही दिन पर्खेर नगरमा कोही नभएको मौका छोपी छैठौ कर्मचारी भनी नाम पनि उल्लेख नगरी वडा वडामा सूचना टास गर्न भ्याएको नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले पत्रकार सम्मेलनमा बताए । 

एमाले पाटीले जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार नगरपालिका देखी वडा तहसम्म जारी गरेको मूल व्यहोरा प्रति सम्बन्धित क्षेत्रका सम्पूर्ण सरोकारवालाको गम्भीर ध्यानाकर्षण गर्दै तीन बुँदाको विज्ञप्ति प्रकाशित गरेको छ । यहाँका सुकुम्बासीहरुले जसको जोत उसको पोतको नारा सहित बसेको छन् । सुकुम्वासीहरूको तीन पुस्तायता खुन र पसिना यहीँ जमिनमा सिञ्चित भएकोले आफ्नो स्वामित्वमा लिन आवश्यक परे जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको ब्यहोरा वितरित विज्ञप्तिमा उल्लेख छ । 

2 1

२९ जना व्यक्तिहरूले तीन वटा वडामा सट्टाभर्नाको जग्गा दाबी गर्दै आएको छ । साबिक शनिचरे गाविस हाल पथरीशनिश्चरे १० वडामा १९ जनाको नाममा लगभग ५६ विगाह जग्गाको सट्टाभर्ना माग दाबी रहेको छ । त्यसै गरी वडा नं. ३ मा लगभग ३५ विगाह र वडा नम्बर ४ मा लगभग ३७ विगाह जग्गामा १० जनाको सट्टाभर्नाको माग दाबी छ ।

पछिल्लो समयमा सर्वोच्च अदालतले उनीहरूको पक्षमा फैसला गरिदिए पछि मोरङ जिल्ला प्रशासन कार्यालयलाई यो कार्यान्वयन गर्न पुर्जावालले दबाब दिए पत्र नगरपालिका देखी वडा सम्म जारी गर्र्यो तर यो सम्भव नभएको नेकपा एमाले जिल्ला सदस्य भगत थपलियाले बताए । 

4 1

पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटा, जिल्ला सदस्य भगत थपलिया, १० नम्बर वडा सदस्य मैनादेवी आचार्य, अनोज घिमिरे र १० नम्बर पार्टी वडाध्यक्ष पर्वत थापा रहेका थिए । पथरीशनिश्चरे नगरमा २ सय १६ जना जग्गाधनीको नाममा रहेको २ सय ४३ बिगाहा १८ कट्ठा ५ धुर जग्गा दोहोरो स्वामित्वमा रहेको नगर प्रमुख दिलीप कुमार राईले बताए । कानेपोखरी गाउँपालिकामा पनि २ सय ५० बिगाहा जति यस्तै जग्गा रहेको छ ।

5 1

सुकुम्बासीलाई पटक–पटक तर्साउने पुर्जावाल

पथरीशनिश्चरे नगरका सुकुम्बसीहरुले ३५ साल देखि ढालफाड गरेर बसेको सुकुम्बासीलाई छलकपट नगरी धनी पुर्जा दिनुपर्ने सरोकारवाल तथा सुकुम्बासी नेताहरूले माग राख्दै आएको छ । तर त्यहाँका २९ जना पुर्जावालले कोशीटाप्पु आरक्षको सट्टाभर्नाको नाममा पटक–पटक यस्ता काण्ड गर्दै आएको छ । सर्वोच्च अदालतले यस वर्ष मात्र हैन धेरै पटक पुर्जावालको नाममा फैसला गरिदिएका छन् । तर उनीहरूले जग्गा प्राप्त गर्न सकेको छैनन् । 

४ वर्ष अघि पनि सर्वोच्च अदालतले ३० परिवारको जग्गा पुर्जावालले भोग चलन गर्नु पाउनु पर्ने फैसला गरेको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले नगरपालिकामा ५ पटक सम्म कार्यान्वयन गर्न निवेदन पठाईको नगरप्रमुख दिलीपकुमार राईले बताए । यस अघि सहायक सिडियो सहित, पुर्जावाल डिल्ली प्रसाईँको नेतृत्वमा ७ जना पुर्जावालको पहिलो चरणमा ३० घर उठाएर लखेट्ने योजना रहेको थियो तर त्यो पनि सम्भव भएन ।

1 4

नगरपालिकामा समस्या समाधान गर्न तीन वटा समिति

सुकुम्बासी समस्या समाधानको लागि पथरीशनिश्चरे नगरपालिकाले अहिले मेयर दिलीप कुमार राई संयोजक र उपमेयर यमुना बास्तोला सहसंयोजक रहेको तीन वटा समस्या समाधान समिति वनेको छ । १) जग्गा धनिपुर्जा वालासंगको समिति, २) जोत भोग गर्ने सुकुम्बासीसंगको समिति र ३) ८ वटा वडाध्यक्ष,पूर्व गाविस अध्यक्ष र बुद्धिजीवीको समिति निर्माण गरी काम अघि बढेको थियो । उस बेला समितिको आव्हानमा नगरपालिकामा दोहोरो स्वामित्व भएको सुकुम्बासी २ सय ६० जनाले नगरपालिकामा निवेदन दिएको थियो ।

पुर्जावाललाई सुकुम्बासीले खोरमा थुन्दै छाड्दै  

धनी पुर्जा बोकेर जग्गा खोज्दै पुगेका बिचौलियाहरूलाई सुकुम्बासीहरुले पक्राउ गरी गाउँकै कस्टडी(हिरासत)मा दुई दिन सम्म थुनेर राख्ने गरेका थिए । पुर्जावालले पनि विचौलिया प्रयोग गरी विभिन्न व्यक्तिलाई जग्गाको पुर्जा बेच्ने काम नगरेको होइन । तर ती सबै काम सफल हुन सकेन । कतिपयहरूले सस्तोमा जग्गा पुर्जा किनबेच पनि गरेका छन् । ती वास्तविक सट्टाभर्ना पाउने व्यक्ति भने होइन ।  

बिचौलिया मार्फत यसरी पूजा बोकेर जग्गा फिल्डमा जाँदा धेरै बिचौलिया र खरिद गर्ने व्यक्तिहरूलाई सुकुम्बासीहरुले पक्राउ गरी वडा नं. ३ को किरात चौकमा रहेको विट(खोर) दुई दिन सम्म थुनेर इलाका प्रहरी कार्यालयमा लगेर सर्त सहित छाड्ने गरेका थिए ।

बलबहादुर फ्याकको घरमा जग्गा खोज्दै पुगेका ताप्लेजुङ घर बताउने दमक डेरा गरेर बस्दै आएका ६५ वर्षीय भरतमणि भट्टराईलाई गाउँलेहरूले पक्राउ गरी एक दिन थुनेर थिए । बिचौलिया भट्टराईले कल्पना अधिकारीको १ बिगाहा १० कट्ठा,रत्न बहादुर श्रेष्ठको ३ विगाह,लाल बहादुर धिमालको १ विगाह १० कट्ठा र शुभ कुमार श्रेष्ठको ८ कट्ठा जग्गा धनिपुर्जा ल्याएर जग्गा खोज्दै आएका थिए । उनले धनकुटाका तीन जना व्यक्तिलाई ८० लाखमा ४ विगाह जग्गा दिने भन्दै जग्गा देखाउन ल्याएका थिए । 

त्यस्तै सुनसरी इटहरी उपमहानगरपालिका—५ का ३७ वर्षिया राजेन्द्र लिम्बू, वराहक्षेत्र नगर—११ क ३९ वर्षीय मोजिबुल खानलाई पनि सुकुम्बासीहरुले पक्राउ गरी थुनेका थिए । लिम्बू र खान साढु दाजुभाइ हुन । जग्गा हेर्न लिम्बू र खानसँगै गएका धनकुटा नगरपालिका—७ का दधिराम थापा भने भागेर कुटपिटबाट जोगिएका थिए । 

सुकुम्बासीको नियन्त्रणमा परेको लिम्बू सशस्त्र प्रहरीको हवालदार हुन् । खान काठमाडौँको म्यान पावर कम्पनीमा काम गर्दिएछन् । त्यसै गरी कमल गुरुङ, पुनम थापा मगरलाई पनि स्थानीय सुकुम्बासीहरुले पक्रेर बिहान देखि बेलुकी सम्म खोरमा थुनेर इप्रका लगी आगामी दिनमा जग्गा दाबी गर्न नआउने लिखित सर्तमा इलाका प्रहरी कार्यालय पथरीबाट छाडेका थिए ।

3 1