युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेको छ ।  इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएको थियो ।