यसोक । पाँचथरको कुम्मायक गाउँपालिकाका—१ का अविसेक श्रेष्ठ होटल व्यवसायी हुन । बजारको बिचमा उनको होटल छ । सधैँ धुलाम्मे र हिलाम्मे बजारका कारण व्यवसाय अस्तव्यस्त हुन्थ्यो । ग्राहकलाई होटलमा राखेर व्यवसाय गर्न निकै मुस्कील थियो ।

तर अहिले बजार कालो पत्रे भएसँगै उनी ढंग छन् । होटलको आँगनमा घाम तापेर बस्न सहज भएको छ । प्रदेश सरकारको सहयोगमा बजार कालोपत्रे भएपछि उनी जस्तै अर्का व्यवसायी तेजबहादुर बोहोरा पनि खुसी छन् । “बजारमा हावासँगै उड्ने धुलोका कारण दिउसै पसल बन्द गर्नु पर्ने अवस्था हुन्थ्यो । तर अहिले सहज भएको छ हर्सिद मुद्रामा उनले सुनाए । 

१ नं. प्रदेश सरकारको १० करोड ५२ लाख ४६ हजार ३ सय ५५ रुपैयाँमा सहरी विकास भवन कार्यालय इलामले सियम कृष्ण लक्ष्मी जेभी काठमाडौँले ठेक्का दिएको थियो । कालो पत्रेको ठेक्का पाएको निर्माण कम्पनीले २०७९ सालसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ ।

कालो पत्रेको लागि बजारको ३ दशमलव ४७ किलोमिटर मध्ये भित्री बजार २ दशमलव २ किलोमिटर ढलानको काम पूरा हुन लागेको छ । बजार भित्रको सडकलाई पहिलो प्राथमिकता दिएको निर्माण कम्पनीले बजारको भित्री ढलानको काम पूरा गर्न लागेको छ । बजारको ढलान पूरा भएपछि हिउँद र बर्खाको समयमा आवतजावत गर्न र खुल्ला स्थानमा घाम तापेर बस्न सहज भएको बजारवासीले जनाएका छन् ।

कालो पत्रेको काम अघि बढेसँगै धुलो र हिलोबाट अस्तव्यस्त बजार शान्त र सुन्दर देखिएको पाँचथर उद्योग वाणिज्य संघ शाखा यासोक अध्यक्ष मेघराज निरौलाले बताए । “गाउँबाट सानो तिन व्यवसाय लिएर आएका व्यवसायीलाई निकै समस्या थियो । उनले भने, बजारको प्रदूषणले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पारेको बताउँदै निरौलाले   अहिले यो समस्या साधैको लागि अत्य भएको बताए ।

त्यस्तै बजारको केही भूभाग यासोक—फिदिम सडक कालो पत्रेको काम गर्दै आएको लामा च्याङमिला जेभिले गर्ने भएको छ । डिपिआर रिपोट अनुसार बजारको रानीगाउँ लाइनको केही भागमा जेभीले कालो पत्रेको काम अघि बढाएको छ । दुवै निर्माण कम्पनीले बजारको दुवै साइटमा काम गर्दै आएका छन् । हावाहुरी चल्ने चैत्र र वैशाख र वर्षाद हुने असार र साउन अगावै बजार भित्री सडकको काम पूरा गर्ने लक्ष्य लिएका छन् ।