धरान । भारत पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जितेकी छन् । मिस युनिभर्सको उपाधि जित्ने उनी तेस्रो भारतीय महिला हुन् । 

यसअघि सुस्मिता सेन र लारा दत्ताले यो उपाधि हात पारेका थिए । सेनले सन् १९९४ र दत्ताले सन् २००० मा मिस युनिभर्सको उपाधि जितेका थिए । अनौठो संयोग चाहिँ के भने दत्ताले मिस युनिभर्स बनेको वर्ष नै सन्धु जन्मिएकी थिइन् ।

सन्धुलाई मिस युनिभर्स २०२० की आन्द्रेया मेजाले ताज पहि¥याइन् । उनी मेक्सिकन हुन् । मिस युनिभर्सको ७० औं संस्करण इजरेलमा सम्पन्न गरिएको हो । त्यस्तै पराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई उछिन्दै सन्धु उत्कृष्ट बनेकी हुन् ।