बेलारुसका विदेश मामिला मन्त्री भ्लादिमिर मेकीले आफ्नो देशले एसिया, अफ्रिका र मध्य पूर्वबाट ईयूमा आउने आप्रवासी प्रवाहलाई कम गर्न प्रयास गर्ने युरोपेली संघ (ईयू) लाई बताएका छन्।

 विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँगको टेलिफोन वार्तामा उनले उक्त टिप्पणी गरेकाे बेल्टा समाचार एजेन्सीले जनाएको छ । सो अवसरमा दुबै पक्षले चाँडै नै आप्रवासन सङ्कट अन्त्य गर्ने आफ्नो मनसाय पुष्टि गरेको स्रोतले जानकारी दिएको छ ।  

इयुले मिन्स्कलाई मध्यपूर्वका गन्तव्यहरूसँग जोड्ने सञ्जालमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । आप्रवासीहरू मिन्स्क हुँदै पोल्याण्डको ईयूको पूर्वी सीमानामा आएका थिए। शरणार्थीहरूको ठूलो समूह सीमामा शरणको खोजीमा फसेपछि पोल्याण्डले केही दिन देखि पोलिश–बेलारुसी सीमामा सेनालाई उच्च सतर्कतामा राखेको छ।

बेलारुस पश्चिमी दबाब र प्रतिबन्धहरूलाई सबैभन्दा कडा उपायका साथ प्रतिक्रिया दिन तयार  रहेको मेकीले शुक्रबार रूसी पत्रकारहरूलाई बताएका छन् । 

 इयुले वर्तमान शरणार्थी सङ्कटका लागि बेलारुसलाई दोष दिँदै यस विरुद्ध प्रतिबन्धका लगाएको छ ।   यद्यपि बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले प्रतिबन्धले देशको सङ्कट समाधान गर्ने क्षमतालाई कमजोर बनाएको टिप्पणी गरेका छन्।