धरान । पप विधामा लोकप्रिय गायक सविन राईको धरानमा प्रत्यक्ष प्रस्तुति हुन लागेको छ । 

आउँदो शनिबार धरानको बगरकोटस्थित एमएच लाउन्ज एन्ड बारमा सविन राईसहित ब्यान्डले प्रत्यक्ष प्रस्तुति दिन लागेको हो । सविनको ब्यान्ड ‘द फराओ’ को प्रस्तुति रहने छ । 

युवा पुस्तामाझ चर्चित राईले आफ्ना लोकप्रिय गीतसँगै नयाँ गीतहरू प्रस्तुत गर्ने जनाइएको छ । सिग्नेचरको संयोजनमा सविनको टिमले प्रस्तुति दिन लागेको एमएचका सञ्चालक जीवन मेन्याङ्बोले जानकारी दिए । धरानका अन्य ब्यान्डले पनि साथ दिने कार्यक्रम छ ।