धरान/भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत सार्वजनिक भएको छ । 

‘आकाशको जुन हैन धरतीकै फूल दिन्छु मेरो मायालाई’ गीतको भिडियो सार्वजनिक भएको हो । चलचित्र निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा नायक पुष्प खड्का, रक्षा बुढाथोकी र बालकलाकार काव्य गिरीको अभिनय रहेको छ । 

पोखरालगायतका पर्यटकीय स्थलमा छायाङ्कन गरिएको छ । गीतलाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् । दीपक शर्माको रचना र सङ्गीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको छ ।