धरान । नेपाल मगर सङ्घ धरानले सङ्गठन विस्तार गर्ने क्रममा धरान–१७ को वडा समिति गठन गरेको छ । 

धरान–१७ को पञ्चकन्या माविमा बिहीबार सम्पन्न भेलाले इन्द्रबहादुर थापा मगरको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको सचिवमा विजय थापा मगर, कोषाध्यक्षमा सुस्मा थापा मगर चयन भए । यसैगरी सदस्यहरूमा पुष्पा बुर्जा मगर, चम्फा मगर, रूपन मगर र गीता थापा मगर रहेका छन् । 

नवगठित समितिका पदाधिकारी एवम् सदस्यहरूलाई सङ्घका धरान नगर अध्यक्ष चित्रराज थापा मगरले सपथ गराएका थिए । कार्यक्रममा धरान नगर अध्यक्ष एवम वर्तमान सल्लाहकार नरकुमार मगराती मगर, सङ्घका सुनसरी जिल्ला सदस्य दीपा दर्लामी मगरलगायतको उपस्थिति रहेको थियो ।