धरान/ पुराना कलाकारहरू अभिनित फिल्म ‘डाँडाको वरपीपल’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मको निर्देशन शोभित बस्नेतले गरेका हुन् । फिल्ममा शिव श्रेष्ठ, भूवन केसी, गौरी मल्लसहित नयाँ पुस्ताका सलोन बस्नेत र रुविना थापा छन् ।

ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नुपरेको दुःखलाई देखाइएको छ । फिल्मको छायाङ्कन काठमाडौं र चित्लाङमा गरिएको छ ।

असोज २६ गते फिल्म रिलिज गर्न लागिएको छ । ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज गरिन लागिएको हो । फिल्मले नयाँ सन्देश दिने बताइएको छ ।