मोरङ सुन्दरहरैँचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायिक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको  इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ ।