धनकुटा । कम्प्युटर र सिलाई कटाई तालिम सञ्चालन गरेर बेरोजगार युवाहरुलाई रोजगारीको लागी सिप विकास गराउने उदेश्यका साथ धनकुटा–६ भिमनारयण चोकमा बुधबार युवा विकास केन्द्रको कार्यालय स्थापना गरिएको छ ।

हिन्दु स्वयमसेवक संघ र सेवा इन्टरनेश्नल नेपाल नाम गरेको २ वटा संस्था मिलेर युवा विकास केन्द्रको औपाचारिक रुपमा स्थापना गरिएको हो । सेवा इन्टरनेश्नल भारतका प्रतिनिधि श्याम प्रारण्डे र हिन्दु स्वयमसेवक संघ नेपालका राष्ट्रिय सह–सञ्चालक कल्याण तिम्सीनाले संयुक्त रुपमा युवा विकास केन्द्रको औपचारिक रुपमा समुद्घाटन गरेका हुन् ।

युवा विकास केन्द्रको धनकुटामा कार्यालय समुद्धघाटन गर्दे सेवा इन्टरनेश्नल भारतका को–अर्डिनेटर श्याम प्रारण्डेले भने–“आफू शुभकार्यको लागी धनकुटा आएको छु, धनकुटावासीको सहयोगको अपेक्षा राखेको छु ।” सो अवसरमा उनले मानव समाजका लागि सबै भन्दा ठूलो धर्म भनेको मानब जातिको सेवा गनु हो, त्यही सेवा गर्नका लागि युवा विकास केन्द्र धनकुटामा स्थापना गरेको बताए । प्रारण्डेले सेवा इन्टरनेश्नल र हिन्दु स्वयमसेवक संघले सवै खाले मानव जातिको हितका लागि धनकुटालागायत कोशी पहाडका अन्य जिल्लामा काम गर्ने गरी युवा विकास केन्द्र स्थापना गरेको स्पष्ट पारे ।

सेवा इन्टरनेश्नलले गरिब, विपन्न, अशिक्षित, सोझा, सिधा, निमुखा मान्छेहरुलाई अवसर दिँदै आएको पनि प्रारण्डेले बताएका छन् । वि.सं.२०७२ सालको भुकम्प पश्चात विपतिमा परेको मानिसहरुको सेवा गर्दै अघि बढ्ने क्रममा सेवा इन्टरनेश्नल नेपाल र हिन्दु स्वयमसेवक संघले संयुक्त रुपमा कार्यक्रम गर्दै आएको उनले बताएका छन् ।

हिन्दू स्वयमसेवक संघ राष्ट्रिय सह–सञ्चालक कल्याण तिम्सिनाले अहिलेका युवा पुस्तालाई संस्कारयुक्त सिप प्रदान गर्नका लागि युवा विकास केन्द्रको धनकुटामा स्थापना गरेको बताएका छन् ।

संस्कारयुक्त सिकाईसँगै धर्म गर्न सके मात्र हरेक समुदायको संस्कार, संस्कृति र परम्पर बचाउन सकिने उनको दावी थियो । तिम्सिनाले हिन्दू स्वयमसेवक संघ विश्वको ६० देशमा रहेको र सेवा इन्टरनेश्नल ३५ वटा देशमा रहेर विविध कार्यक्रमहरु गर्दै आएको बताएका छन् ।

धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला वस्नेतले सक्कली भन्दा पनि नक्कली काम गर्नेहरुको संख्या समाजमा वढेकाले दिन प्रतिदिन अपराधिक गतिविधि वढ्दै गएको प्रति सचेत गराए । उनले भन्नि–“सेवा गर्ने नाममा विकृति फैल्याउन कोही कसैले पनि पाउने छैन्न ।” उप–प्रमुख वस्नेतले भनिन् राम्रो काम गर्नेलाई त सबैले सम्मान गरेकै त छन् । युवा विकास केन्द्रको नामले स्थापना भएको यो संस्थाले राम्रो काम गर्न सकोस भन्दै शुभकामना बस्नेतले शुभकामना दिएका छन् । 

सेवा इन्टरनेश्नल नेपालका राष्ट्रिय अध्यक्ष महेश विक्रम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनपा–६ का वडाध्यक्ष नरेश श्रेष्ठ, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा, धनकुटाका समाजसेवी प्रकाश श्रेष्ठ, वरिष्ठ अधिवक्त नगेन्द्र भक्त श्रेष्ठ, हिन्दु स्वयमसेवक संघका धनकुटा संयोजक विश्नाथ दाहाल, प्रचार प्रसार समितिका संयोजक भोलानाथ घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

तालिम सञ्चालनका लागि केन्द्रले १० वटा डेक्सटप कम्प्युटरको पनि व्यवस्था गरेको छ । तालिम निःशुल्क नभएर स–शुल्क हुने हिन्दु स्वयमसेवक संघ धनकुटाद्वारा सञ्चालित युवा विकास केन्द्रका सञ्चालक श्रवणकुमार यादवले बताएका छन् । सो अवसरमा सेवा इन्टरनेश्नल नेपालका राष्ट्रिय को–अर्डिनेटर प्रशन्न वैघले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै स्वगत मन्तव्य राखेका थिए ।