इलाममा राेकिएकाे पिकअप पछाडी सर्दा त्यसमा सवार एक जनाको किचेर मृत्यु भएकाे छ । 

बिहिबार  साझ  इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइ राेकेर पिसाव गर्ने  क्रममा पिकप पछाडी सरेपछि त्यसमा सवार स्थानका ५७ बर्षीय खिर कुमार तामाङ किच्दा उपकाे घटना स्लमै मृत्यु भएकाे   जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका १ माइपोखरी का ३० बर्षीय महेश राई कार्यालयकाे नियन्त्रणमा रहेको  र घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।