पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र विद्यालयले विहीवार पथरी उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिलाई सम्मान प्रकट गरेको छ ।
नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङको नेतृत्वको समितिका पदाधिकारीहरुलाई विद्यालयमा आमन्त्रण गरी शुभकामना प्रदान गर्दै श्रेष्ठ कर्म गर्न उत्प्रेरणाको सन्देश दिएको छ । संस्थाकी उर्लाबारी प्रमुख मिरा तथा पथरीशनिश्चरे प्रमुख पूर्णले संस्थाकातर्फबाट संस्थाको आध्यात्मिक मायाको चिनो समेत प्रदान गरी सत्य कर्मका बारेमा विचार राखेका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख यमुना बिष्ट बास्तोला, उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ सहितले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नैतिकता र आध्यात्मिकता सिकाउने कार्यको प्रसंसा गर्दै मन्तव्य व्यक्त गरेका छन् ।