सुनसरीकाे दुहबीमा बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

बिहिबार बिहान सवाँ ८ बजे बिराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी न्युरो अस्पताल विराटनगरमा उपचारकालागी पुर्याउने क्रममा मृत्यु भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।
दुर्घटनापछि बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएकाे छ ।