धरान  । बचतकर्ताले बैंकमा जम्मा गरेको लाखौं रकम निकालेर अपचलन गरेको अभियोगमा सेन्चुरी कमर्सियल बैंकको सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बयरवन बजारमा सञ्चालित चतरा शाखाका कर्मचारी पक्राउ परेका छन् ।

सेन्चुरी बैंकको चतरा शाखामा सहायक पदका कर्मचारी ईलामको जिर्मले घर भई हाल सोहि जिल्लाको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३३ का केशब राई पक्राउ परेका हुन् । अभियुक्त राई विरुद्ध उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी गरेको थियो । तर फरार रहेका उनलाई प्रहरीले असोज ५ गते ईटहरीको वडा नं. ४ तुलसा टोलबाट पक्राउ गरेको हो । बैंकमा खाता संचालन गरि रकम कारोवार गर्दै आएकी पार्वती बिष्टको खाताको रकम उनले किर्ते दस्तखत गरी  बिभिन्न मितिमा २७ लाख रुपैयाँ अनधिकृत रुपमा निकालेको पाइएको प्रहरीले जनाएको छ । उनले अन्य व्यक्तिका रकम पनि निकालेको खुलेको छ । प्रहरी उनलाई उच्च अदालत बिराटनगरबाट ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।