धरान । नेपाल जेसीजको आयोजनामा नेपाल जेसीजको क्षेत्र क सम्मेलन सुनसरीको इनरुवामा सुरु भएको छ ।

इनरुवा जेसीजको आतिथ्यतामा सुरु भएको सम्मेलनमा क क्षेत्रका ४१ शाखा सहभागी छन् । बुधबारदेखि सुरु भएको सम्मेलनलाई नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले उद्घाटन गर्नेक्रममा देशको विकास र उन्नतिमा जेसीजमा संलग्न सचेत युवाको खाँचो भएको बताए । 

निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष अरुणकुमार दाहाल, राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, इनरुवा जेसीजका अध्यक्ष संयम कोइरालालगायतले सम्बोधन गरे । सम्मेलन अवधिमा प्रशिक्षण, गोष्ठी, वत्तृत्वकला प्रतियोगिता गरिने सम्मेलन निर्देशक चन्दन यादवले बताए । सम्मेलन बिहीबार समापन हुँदै छ ।