इटहरी उपमहानगरपालिकाले चार वर्षकाे अवधिमा पूर्वाधार निर्माणकाे क्षेत्रमा उल्लेख्य उपलब्धी हासिले गरेकाे नगरप्रमुख  द्धारिकलाल चौधरीले  बताएका छन् । पुषसम्ममा सबै मुलबाटाेहरू पिच भइसक्ने भन्दै नगरप्रमुख चाैधरीले एक कार्यक्रममा चार बर्षमा नगर क्षेत्र भित्र सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । 

उनले आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको बताएका छन् । चार वर्षमा चालिस किलोमिटर भित्री बाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री बाटोहरुमा ब्लक ओछयाई सकिने नगर प्रम्रख चाैधरीले बताए ।

उनका अनुसार केहि दिन भित्रैमा पाँच करोड लगानीमा बन्ने हुलाकी सडक अन्तरगतको पूल शिलान्यास हुने छ । इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् । चारवाट ठूला पुल निर्माण प्रकृया सुरु भएको छ ।

उनले इटहरीमा चाडैनै एक अर्ब ३७ करोडको वल्डबैंककाे परियोजना संचालन हुन लागेको जानकारी दिए । त्यसका लागि सम्झौता भइसकेको छ । आठवटा वडा कार्यालय भवन निर्माण हुँदैछन । केहि महिना भित्रैमा इटहरीका सबै वडाबाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन ।

१४ वटा स्वास्थय इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ । त्यसका लागि आवश्यक जनशक्ति,फर्निचर,औषधी लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ ।  इमर्जेन्सी ब्लक समेत बन्दै छ । अहिले इटहरी अस्पतालमा एमडिजिपि सहित ५४ जनाले सेवा प्रदान गरिरहेको छ ।