धनकुटा। संविधान दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले वडावासीलाई सरसफाई कार्यममा सचेतना जगाउने उदेश्यले आइतबार धनकुटाको बसपार्क र आसपासको क्षेत्रमा सरसफाई गरेको छ ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाको अगुवाईमा सम्पन्न भएको सरसफाई कार्यक्रम धनकुटाको बसपार्क, सब्जी गोलाई, सब्जी बजार र धनकुटा–७ मा रहेको नर्वदेश्वर शिवालय मिन्दर परिसरमा आयोजना गरिएको थियो । सरसफाई कार्यक्रममा धनकुटा नगरपालिकाका कर्मचारी वर्ग, नगर प्रहरी र वातवरण शाखाको विशेष भुमिका रहेको थियो ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको नगर सरसफाई कार्यक्रमले आशन्न दर्शै तिहार पर्व नजिकिँदै गर्दा नगरवासीमा सरसफाईको उत्प्रेरणा जगाउन नगरपालिकाले सरसफाई कार्यक्रम आयोजना गरेको जनाएको छ ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले लोकमार्ग सडक विभागले सफा गर्छ, बजारको सडक नगरपालिकाको वातवरण शाखाले गर्छ तर गाउँ घरटोल र मन्दिर, शिवालय देवालयमा भने वडावासीले नै सफा गर्नु पर्ने बताए ।

वडावासीलाई हौसला र उत्प्रेरणा जागाउन सरसफाई कार्यक्रम वडाको मुख्य बजार, चोक र मन्दिर, गुम्वाहरुमा आयोजना गरिएको थापाले भने । संविधान दिवसको दोश्रो र तेश्रो दिन पनि अन्य वडाहरुमा धनकुटा नगरपालिकाको वातावरण शाखाको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गर्ने वातावरण शाखा प्रमुख उपेन्द्र खनालले ब्लाष्टलाई जानकारी दिए ।

dkt-sar