ऐतिहासिक उपलब्धिका रुपमा प्रात संविधानले व्यवस्था गरेका संयन्त्र र पद्धतिको गतिशील एवम् पूर्ण कार्यान्वयनबाट मात्र आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित हुने प्रदेश  १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । 

सभामुख भण्डारीले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महत्वपूर्ण दायित्व आएको बताए । 

सभामुख भण्डारीले संविधान दिवसको अवसरमा शुभकामना दिंदै समृद्ध राष्ट्र निर्माणको आकांक्षालाई साकार पार्न आ–आफ्नो क्षेत्रबाट पु¥याउदै आएको योगदानलाई निरन्तरता दिनु प्रदेशवासीलाई आह्वान गरेका छन् । 

सभामुख भण्डारीद्वारा जारी गरिएको शुभकामना वक्तव्यमा भनिएको छ– नेपाली जनताको लामो संघर्ष र बलिदानद्धारा प्राप्त संविधानले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरुलाई संस्थागत गर्दैे सबै वर्ग, जाति, क्षेत्र, भाषा, धर्म र लिंगका आधारमा समाजमा विद्यमान विभेद र असमानतालाई अन्त्य गरी हाम्रो समाज बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता तथा भौगोलिक विविधतायुक्त समाज हो भन्ने मान्यतालाई स्थापित गरेको छ ।

संविधान जारी भएको सातौं बर्ष प्रवेश गरिरहेको यस अवसरमा पूर्ण कार्यान्वयन मार्फत संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा जगेर्ना, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निर्माण गर्ने महत्वपूर्ण अभिभारालाई पूरा गर्न संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनितिक दल, राज्यका सबै अङ्ग र आमनागरिकहरुलाई संवैधानिक मूल्य एवम् मान्यताहरु कार्यान्वयन गर्न पूर्णतः सजग, सकारात्मक र क्रियाशील हुन प्रेरणा प्राप्त होस् कामना गर्दछु ।

सभामुख भण्डारीले संविधानको कार्यान्वयनमार्फत् मुलुकको समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवंम् आपसी सद्भाव कायम हुन सकोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।