मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा कञ्चन्जंघा बहुयद्धेश्यीय सहकारी संस्थाको छैटौं सेवा केन्द्र बिहिबार एक कार्यक्रकामको आयोजना गरि संस्थाको छैटौं सेवा केन्द्र उद्घाटन गरिएको छ ।

मधुमल्ला बजार र समुदाय क्षेत्रलाई लक्षित गरि शाखा उद्घाटन गरिएको कञ्चनजंघा बहुउद्धेस्यीय सहकारी संस्थाका अध्यक्ष मणी भण्डारीले बताए । दमकमा केन्दीय कार्यालय रहको सो संस्था वि.स. २०५७ सालमा स्थापीत भएको र सो संस्थाले हाल आफ्नो सेवा क्षेत्रलाई बिस्तार गर्दै आएको छ ।

सहकारी समुदायको मुख्य अंग भएको र सहकारीको सेवाले स्थानीय स्तरको जिवन स्तर उकास्न थप सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथी तथा  मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । 

सेवा केन्द्र उद्घाटनकै अवसर पारेर सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । दमक रेडक्रस सोसाइटी उपशाखा कार्यालयको प्राविधीक सहयोग भाएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको दमक रेडक्रसका शुर्दशन दाहालले बर्ताए । 

सेवा केन्द्र उद्घाटन कार्यक्रममा मिक्लाजुङ क्षेत्रका संघ संस्था र समाजिक व्यक्तीत्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।  

241520755_294379255353829_8816237488077946546_n