पथरी । कानेपोखरी गाउँपालिका वडा नं.–३, का एक जनप्रतिनिधिले छिमेकीलाई घरमै गएर निर्घात कुटपिट गरेको छ ।   

वडाका माथिल्लो हरकपुर घर भएका वडा सदस्य उदय बहादुर कार्कीले छिमेकी प्रकास भण्डारीलाई निर्घात कुटपिट गरेको हो । मादक पदार्थ सेवन गरेका कार्कीले मंगलबार राती ८ः३० बजे खाना खाईरहेको बेला घरमै गएर कुटपिट गरेको पीडित प्रकास भण्डारीले बताए ।

कार्कीले लात्त्तीले हान्दा अण्डाकोषमा लागेको थियो । घटना पछि भण्डारी सिमेन्ट पलस्टर गरेको भुइमा लडेका थिए । भुईमा लडेपछि उनको हात र टाउँमा चोट गहिरो चोट लागेको उपचारत भण्डारीले बताए ।

उनलाई मंगलबार राती नै विरानगर स्थित एक हस्पिटलमा उपचारको लागि लगिएको छ । उनको हातहरु, अण्डाकोष र जिउँ पुरै सुनिएको उनले बताए ।

प्रकास भण्डारीका श्रीमती काठ्माडौं गएका थिए । कुट्नुको कारण भने केही पनि नभएको र खाना खाईरहेको बेला एक्कासी आएर कुट्पिट गरेको पीडितले बताए । उता पीडित पक्षले बुधबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको पीडिका परिवारले बताए ।

उता वडा सदस्य कार्कीले भने घरमा हल्ला गर्दै थियो र घरमा गएर हल्ला नगर्नु भन्दा आफैसँग आइलागेकोले सामान्या भनाभन मात्र भएको बताए । चोटपटकको बारेमा उँ आफै लडेको बताए ।