धरान । हास्य टेलिसिरियल सक्किगोनी आफ्नै युट्युब च्यानलबाट आउने भएको छ । ओएसआर डिजिटलसँगको सम्झौता समाप्त भएसँगै नयाँ सम्झौता जेपिडी जिग्री पाँडे टिम क्रिएसनसँग भएको छ । 

बिहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट प्रशारण हुने भएको छ । ओएसआरसँग ५२ भाग प्रशारण गर्नका लागि सम्झौता भएको थियो । सम्झौता सकिएसँगै जेपिडी जिग्री पाँडे टिम क्रियएसनसँग सम्झौता गरिएको कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले बताए । 

one

ओएसआरसँगको सम्झौताअवधिभन्दा ८ भाग बढी प्रशारण गरिएको थियो । अब आउन लागेको युट्युब भने कलाकार टिमकै रहेको छ । दर्शकबाट पनि व्यापक माग रहेकाले पनि आफ्नै युट्युब च्यानलबाट प्रशारण गर्न लागिएको कलाकारहरूले जनाए ।