कोभिड– १९ सङ्क्रमण दर  पछिल्लो समय जिल्लामा घट्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन्  ।

कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा  र  जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उनको भनाइ छ ।

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् ।

यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ ।

सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ ।