पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्थित पथरी उद्योग वाणिज्य संघको १८ औ चुनावी साधारणसभाबाट कडा प्रतिष्पर्धाबीच पूर्व अध्यक्ष धनकुमार तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

पूर्व अध्यक्ष तामाङले निवर्तमान अध्यक्ष दीपक वस्नेतलाई ५२ मत अन्तरले पराजित गरेका हुन् । कांगे्रस, एमाले समाजवादी, नेकपा माओवादी साहितको गठवन्धनका तर्फबाट उम्मेदवार बनेका तामाङले १ हजार ४ सय ५८ वटा खसेको मत भएमध्ये ७३८ र एमाले निकट व्यवसायीकोतर्फका वस्नेतले ६८६ मत ल्याएका छन् ।

अघिल्लो कार्यकालमा वस्नेतले तामाङलाई ९५ मत अन्तरले पराजित गरी आफु अध्यक्षमा निर्वाचित बनेका थिए । जसमा वस्नेतले ३ सय ६९ र  तामाङले २ सय ७४ मत प्राप्त गरेका थिए । हाल दुवै समूहबाट ८,८ जना निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा एमाले निकट यादवचन्द्र दुलालले ७६१ मत ल्याएर विजयी भए भनें गठवन्धनका ओमप्रसाद लिम्बूले ५६४ मत ल्याएका छन् । उपाध्यक्षमा एमाले निकट आशा राई ७५५ मत ल्याएर विजयी वनेकी छन् । गठवन्धनका रविन्द्रकुमार राईले ५९४ मत ल्याएर पराजय भोगेका छन् ।

महासचिवमा निवर्तमान महासचिव अशोक साम्पाङलाई पराजित गर्दै गठवन्धनका राजेन्द्र वस्नेत फराकिलो मतअन्तरले विजयी बनेका छन् । बस्नेतले ७६० र साम्पाङले ५८७ मत ल्याएका छन् ।

बाणिज्य सचिवमा एमाले निकट ईश्वरी सापकोटाले ५५७ मत ल्याएर निवर्तमान वाणिज्य सचिव गठवन्धनका खेमनाथ ढुङ्गेल र स्वतन्त्रतर्फका टुङकुमार श्रेष्ठलाई पराजित गरेका छन् । ढुङ्गेलले ४५३ र श्रेष्ठले २७१ मत ल्याएका छन् ।

उद्योग सचिवमा कडा प्रतिष्पर्धाबीच गठवन्धनका प्रेमप्रसाद सुवेदी निर्वाचित भएका छन् । उनले ६७० र मानवहादुर श्रेष्ठले ६४५ मत ल्याएका थिए ।  कोषाध्यक्षमा, गठवन्धनका विजयजंग वस्नेतले फराकिलो अन्तरले उद्धवराज थापालाई पराजित गरेका छन् । बस्नेतले ७६२ र थापाले ५४० मत ल्याए ।

४ जना खुला सदस्यका लागि ८ जनाको प्रतिष्पर्धाबाट एमाले निकट निलम वस्नेत (७२१), हरिराज प्याकुरेल ( ६०३), गठवन्धनका इन्द्रबहादुर राई (६५६) र तुलसी लुनिया (६११) विजयी वनेका छन । २ महिला सदस्यका लागि ४ प्रतिष्पर्धीबाट एमाले निकट देवी राई सर्वाधिक ८६१ मत ल्याएर विजयी वनिन् । अर्काे सदस्यमा गठवन्धनकी जुनी थपलियाले ६७७ मतकासाथ आफुलाई विजयी बनाइन् ।

लेखा संयोजकमा, एमाले निकट कृष्णप्रसाद भटटराईले ७२५ मत ल्याएर चन्द्रप्रसाद सापकोटालाई फराकिलो अन्तरले पराजित गरेका छन् । सापकोटाले ५११ मत ल्याए । 

२ जना लेखा सदस्यका लागि ४ जनाबीचको प्रतिष्पर्धाबाट गठवन्धनका प्रदीप पराजुली (६८७) र एमाले निकट एल्सन वास्तोला (६४०) विजयी वन्न सफल भए ।