धरान/इटहरी उपमहानगरमा साढे तीन दशकदेखि कार्यरत स्वयम्सेविकालाई नगरले सम्मान गर्दै बिदाइ गरेको छ ।

६० वर्षे उमेर हद पूरा गरेका विष्णुतारा नेपाली, गङ्गादेवी नेपाल र गङ्गीय सरदारलाई नगर प्रमुख द्वारिकलाल चौधरीले सम्मान पत्र प्रदान गर्दै बिदाइ गरे । उनीहरूलाई प्रोत्साहन स्वरूप ३० हजार भत्ता पनि प्रदान गरिएको छ । इटहरी नगरभित्र १३६ जना महिला स्वास्थ्य स्वयम्सेविकाले सेवा गरिरहेका छन् ।