ओखलढुङ्गा । ओखलढुङ्गा मानेभन्याङ गाउँपालिका ६ हिलेपानीको मितेरिभन्ज्याङस्थित सिद्धिचरण राजमार्गमा टाटा सफारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा सिमरा महानगरपालीका १५  का ४५ बर्षीय पृथ्वी  बहादुर श्रेष्ठ रहेका छन् । आइतबार दिउँसो १२ बजे ओखलढुङ्गाबाट रामेछाप तर्फ जादै गरेको  बा११च ५२१० नम्बरको टाटा सफारी गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसि दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी हर्कपुर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी खटि गई घाईतेहरु काभ्रे धुलिखेल ११ आरुबोट का ३२ बर्षीय मानकाजी तामाङ, ओढु मानेभन्ज्याङ १ मोलीका २६ बर्षीय टेक बहादुर गिरी, उनकै छोरा ४ बर्षीय निर्जल गिरी र रामेछाप गोकुलगंगा ४ बेताली का १२ बर्षीय अभिषेक योगीलाई एम्बुलेन्सद्धारा काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ भने अन्य घाईते सोही गाडीका चालक ओखलढुंगा सिद्धिचरण २ ठुलाछाप का २९ बर्षीय केशब कट्वाल, टेक बहादुर गिरीको श्रीमती २५ बर्षीया हिरामाया गिरी, रामेछाप गोकुलगंगा ४ बेताली की २८ बर्षीया राधीका योगी, उनकै छोरी १ बर्षीया अनुषा योगी र ओखलढुंगा लिखु २ सत्लुन का १२ को पर्वत गिरीलाई हेलिकप्टरद्धारा काठमाडौको सोही अस्पतालमा लगिएको छ ।

घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।