धरान । धरान ११ सुनौलो मागमा निर्मित ब्राइट बाल विकास केन्द्र भवनको उद्घाटन गरिएको छ ।
वडाध्यक्ष बाबुलाल लामाले शनिबार भवनको उद्घाटन गर्दै बालबालिकालाई शिक्षाको पहुँच पुर्याउनका लागि भवन निर्माण गरिएको बताए । ८ लाख ७९ हजार ९ सय ९८ रुपैयाँको लागतमा निर्माण गरिएको हो । भवन निर्माणका लागि सामाजिक विकास बालमैत्रीबाट पाँच ला, वडाबाट २ लाख ७८ हजार ४१३ रुपैयाँ र उपभोक्ता समितिबाट १ हजार एक हजार ५७६ रुपैयाँ बजेट प्राप्त भएको थियो । विद्यालय जानबाट बन्चित बनेका बालबालिकाहरुलाई बाल विकास केन्द्रले सहयोग पुर्याउने बताइएको छ ।