धरान । उदयपुरको त्रियुगा नगरपालिका सगरमाथा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते बनेकी छन् ।
गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको स ७ प ६९५० नम्बरको मोटरसाइकलले पैदलयात्री त्रियुगा ५ की ११ वर्षीया संगीता खातुन गम्भीर घाइते बनेकी हुन् । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले चालक गोलबजार नगरपालिका ७ का ५६ वर्षीय सीताराम श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । उनकै रहोबरमा संगीताको उपचार भइरहेको जनाइएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । चालक श्रेष्ठसँग चालक अनुमति पत्र नरहेको जनाइएको छ ।