बिर्तामोड । नयाँ ग्यास सिलिण्डर फेर्ने क्रममा शनिबार साँझ आगलागी हुँदा झापाको अर्जुनधारामा तीनजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा झापा अर्जुनधारा–७ का ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पंकज खनाल रहेका छन् । प्रहरीका अनुसार रोमनाथको शरीरमा आगोले जलेको छ । उनको अवस्था गम्भीर छ ।
श्रीमती र छोराको शरिर पनि जलेको छ । शनिवार साँझ नयाँ ग्यास सिलिण्डर जोडने क्रममा लिक हुँदा आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट घाइते भएकाहरुको उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल पठाइएको छ ।
प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मी र स्थानीयबासीको सक्रियतामा ठुलो क्षति हुन नपाएको स्थानीयको भनाई छ ।