धरान । मोरङ कानेपोखरी गाउँपालिका–३ को ‘नव प्रतिभा युवा समाज’ को शनिबार सम्पन्न भेलाले जयराज लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा मानबहादुर तामाङ, तेजबहादुर लिम्बू, सचिवमा इन्द्र काफ्ले, सहसचिवमा इन्दु लिम्बू र कोषाध्यक्षमा मञ्जरी धिमाल लिम्बू चयन भएका छन् । यसै गरी सदस्यहरूमा महेन्द्र लिम्बू, सुजन लिम्बू, कुलमान लिम्बू, कोपिला कार्की, राजन राई, देवीनन्द लिम्बू र दिलकुमार लिम्बू रहेका छन् ।