धरान । विजयपुर एफएम ९८.८ मेघाहर्जले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । 

एफएमकी प्रबन्ध निर्देशक तथा अध्यक्ष हिमाल राईका अनुसार रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका प्रमुख तिलक राईले विजयपुर एफएमले धरानमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । यसक्रममा एफएमले दुईजना कर्मचारीलाई नगदसहितले सम्मानित गरेको छ । समाचार शाखा प्रमुख भैरव आङ्ला र कार्यक्रम प्रस्तोता तथा विज्ञापन शाखामा कार्यरत अम्बिका दुवाडी ढकाललाई जनही नगद ५ हजार रुपैयाँसहित कदर पत्रले सम्मानित गरिएको हो ।