विराटनगर । मोरङ अदालतका न्यायाधीशले प्रयोग गर्ने कारको ठक्करबाट एक जना महिलाको मृत्यु प्रकरणमा कारको चाबी दिने चालक श्रवण चौधरीलाई पनि पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले कार सिक्न खोज्दा चलाएकाे कार अन्यिन्त्रत भएर ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मंगलबार साझ मृत्यु भएको थियो । प्रहरीका हवल्दार रहेका सिंहले कारको चालक चौधरीलाई चाही मागेर पार्किङ गरेको कार निकाल्न खोज्दा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
दाहाल अदालत परिसरभित्र क्यान्टिनमा काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५ः१५ बजेतिर कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । दाहालकाे स्थायी ठेगाना धनकुटाको महालक्ष्मी नगरपालिका–१ हो ।
कारले ठक्कर दिदा प्रहरी हवल्दार सिंहले चलाएका थिए भने कारको साइटमा चौधरी बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनापछि अंगरक्षक सिंहलाई बुधवार हवल्दार र चालक चौधरीलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई सवारी चालक अनुमति पत्र नभएकालाई सवारी दिएको कसुरमा पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले बुधबार सवारी ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।
कसुर पुष्टि भएपछि यस्तो हुनसक्छ सजाय
लाईसेन्स बेगरै सवारी चलाएर दुर्घटनामा परि कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ ।
लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ । उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।
यस्तै कानुनमा सवारी ज्यान मुद्दाको दफा ४ मा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा ९१० वा ९२० बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा २ हजार रुँपैयाको जरिवाना समेत थप हुने व्यवस्था रहेको छ ।
यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई २ वर्षसम्म कैद हुने व्यवस्था छ ।