मारवाडी युवा मञ्च धरानकोे अध्यक्षमा दिनेश कुमार अग्रवाल  निर्वाचित भएका छन्। 

शनिवार सोही मञ्चको तेस्रो साधारण सभामा   उनी निर्विरोध  अध्यक्ष पदमा  निर्वाचित भएका हुन्।  उनको कार्यकाल  अवधि दुई बर्षको हुने छ । 

मञ्चमा अन्य  उपाध्यक्ष  , सचिव, कोषाध्यक्ष र सदस्य  पदका  व्यक्ति चयन  हुन बाँकी रहेको मञ्चले जनाएको छ । यस अघि मञ्चको अध्यक्ष  सुमन गोयल रहेका थिए ।

  अध्यक्ष अग्रवालले भने  'जिम्मेवारी पाउनु ठुलो कुरा हैन् पाएको जिम्मेवारी अनुसार मारवाडी युवाहरुलाई सामाजीक कार्यमा सक्रिय र चक्रिय पार्दे धरान क्षेत्रमा सामाजिक कार्य गरेर अगाडी बढ्छु । '

अग्रवाल रिद्धि सिद्धि इन्टरप्राइजेजका संचालक रहेका छन् भने उनी हाडवेर्यर संघको सचिव पनि हुन्।  यस्तै , राउण्ड टेबल धरान २६ का  प्रोजेक्ट हेड  कन्मेनर  समेत रहेका अग्रवाल लाइन्स क्लब अफ गौतम बुद्धका पहिलो  भाइस प्रेसिडेन्ड पनि  हुन्।