धरान । हङकङवासी धराने गायक ज्ञान सुब्बाको गीतमा पत्रकार तथा निर्देशक भिषण राईले ‘एक्सन कट’ गराएका छन् । 

मंगलबार धरानको पुतलीलाइनस्थित बेव क्याफे एन्ड चिेकन स्टपमा निर्देशक राईले ‘एक्सन कट’ गराएका हुन् । नयाँ कन्सेप्टमा तयार गरिएको गीतको भिडियोमा वेटर र ग्राहकबीचको सम्बन्धलाई देखाइएको छ । उनले भने ‘मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।’ 

उनका अनुसार धरान र चतराका विभिन्न स्थानमा दुई दिन लगाएर भडियोको छायांकन गरिएको छ । भिडियोमा अभिनेता प्रेम सुब्बा मुख्य भूमिकामा छन् भने बादल श्रेष्ठ, र नव कलाकारहरू रबिना केसी र इसिता राईलाई पनि देख्न सकिन्छ । रबिन खावाहाङ राईको शब्द रहेको गीतमा डा. शरद सिन्हाको संगीत रहेको छ । 

3

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा क्यामेरा म्यान भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन अप्रेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बुबाको मुख हेर्ने दिन सार्वजनिक गरिने निर्देशक राईले बताए ।