नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दीपक श्रेष्ठको निर्देशनमा ‘जोड घटाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

चिकित्सा पेशामा नाम कमाएका विराटनगरका गायक मञ्जिल श्रेष्ठ र गायिका स्मिता दाहालको स्वर रहेको गीतमा नाजीर हुसेन र सिम्पल खरेलले अभिनय गरेका छन् । 

दिनेश थपलियाको गीतमा भीम बिसीले संगीत भरेको छन् । संगीत संयोजन उदयराज पौडेलको रहेको छ भने नृत्य निर्देशन शिशिर खाती र सम्पादन मनोज कार्कीको रहेको छ । 

एटके एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलमार्फत् रिलिज गरिएको गीतको भिडियोले राम्रो रेस्पोन्स पाइरहेको छ ।  

नेपाल टेलिभिजन तथा रेडियोमा सञ्चारकर्मीको रुपमा काम गरिसकेका निर्देशक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा विभिन्न सेलिब्रेटीसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चाँडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र ‘घिन्ताङ’को निर्देशन गर्दैछन् ।

निर्देशक श्रेष्ठ चाँडै नै अन्य म्युजिक भिडियोहरु बनाउने क्रममा छन् ।