विराटनगरस्थित विराटनगर– जाेगबनी सडकखण्डमा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
जाेगबनि तर्फ जाँदै गरेकाे को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख ८१९७ नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिदा म्याजिक चालक इटहरी उपमहानगरपालिकाका २४ वर्षीय राजु श्रेष्ठसहित इटहरी ५ का ३५ वर्षीय अशोक राई, खनार ६ का २४ वर्षीय आदर्श र उर्लाबारी का २४ वर्षीय सुवास तामाङ्ग रहेकाे प्रहरीले जनाएकाे छ ।
घइतेहरूकाे विराटनगर स्थित न्युराे अस्पतालमा उपचार भइरहेकाे छ ।