सिरहा। सिरहा जिल्लाको १७ स्थानीय तह मध्ये ८ नगरपालिका र ९ गाउँपालिकामा अविरल वर्षाका कारण सिरहाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरूबाट पानीको सहज निकास नहुँदा ती बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ।

प्लाष्टिकजन्य फोहोरहरू सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले सिरहा जिल्लाको विभिन्न ठाँउमा ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन्।

नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमिनसमेत कटान गरेको छ। वर्षाको भेलका कारण लहान नगरपालिका, धनगढीमाई नगरपालीका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, अर्नमा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, औरकी गाउँपालिका, सखुवानान्नकारकट्टी गाउँपालिका, नरहा गाउँपालिका र बिष्णपुर गाउँपालिका लगायत बस्तीहरू डुबानमा परेको छ।

त्यसै गरी मिर्चैया अधिकांश पसलहरुको अगाडी पानी जमेको कारणले व्यापारीहरुलाई क्षति भएको छ । मिर्चैया उद्योग बाणिज्य संघ अध्यक्ष हरीशंकर साहले भने पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा रहेका पसलहरुमा पानी पसेको रहेको छ । साहका आनुसार गत वर्ष पनि बर्षाको कारण व्यापारीहरुलाई क्षति भएका थियो ।