पाँचथर / कोरोना भाइरस संक्रमणका कारण बुधबार एक बृद्धाको मृत्यु भएको छ । 

फिदिम नगरपालिका–३, की ८४ बर्षीया बृद्धाको उपचारको क्रममा फिदिमस्थित समर्पित अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनलाई भदौ ६ गते कोरोना पोजेटिभ भएको थियो । योसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।