मोरङकाे मिक्लाजुङ्ग गाउँपालिकामा माछाकाे पाेखरीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा गाउँपालिकाकाे ७ नम्बर वडा स्थित सिसौली का १८ बर्षीय नारायण बोहोरा रहेकाे ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएकाे छ ।
कार्यालयका अनुसार बाेहाेरा आज दिउसो साढे १ बजे आफ्नै घर छिउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाँदा पोखरीमा डुबी बेपता भएका थिए । घटनाको जानकारी पाए लगतै कार्यालयबाट खटिएकाे प्रहरी टाेली र स्थानियकाे सहयाेगमा खोजतलास गर्दा दिउसो सँवा ३ बजे बोहरालाई मृत अबस्थामा फेला पारिएको कार्यालयले जनाएकाे छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।