धरान । २०४५ भदौ ५ गते गएको भूकम्पको स्मरणमा यस वर्ष धरान उपमहानगरपालिकाले दीप प्रज्ज्वलन गरेको छ । 

हरेक वर्ष भूकम्प चेतना दिवस मनाउँदै आएको थियो । यस वर्ष कोरोना महामारीका कारण नगरले धरानको भानुचौक घण्टाघर परिसरमा निर्मित भूकम्प स्मारकअगाडि दीप प्रज्ज्वलन गरेर भूकम्प दिवस मनाएको हो । तत्कालीन समयमा भूकम्पबाट १२३ जनाको मृत्यु भएको थियो भने करोडौंको क्षति भएको थियो । 

240425715_2896025323984797_8744341777442915418_n

त्यसयता धरान नगरले हरेक वर्ष भूकम्प चेतना दिवस मनाउँदै आएको थियो । उदयपुरको मुर्कुच्ची भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले धरानलाई मृत सहरको परिचय दिलाउन सफल भएको थियो । मृतकहरूको सम्मानमा दीप प्रज्ज्वलन गरिएको कार्यक्रममा सहयोगी संस्था स्थानीय भवन निर्माण व्यवसायी संघका सचिव हरि कार्कीले जानकारी दिए । त्यस्तै प्राविधिक परामर्शदाता समाज नेपालले पनि कार्यक्रममा सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो । 

कार्यक्रममा धरान उपमहानगरका प्रमुख तिलक राई, धरान २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, धरान १८ का अध्यक्ष नरेन्द्र ‘प्रवीण’ राई, नगरको योजना महाशाखाका प्रमुख इञ्जिनियर सुरज श्रेष्ठलगायतको उपस्थितिमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको हो । सरकारले राष्ट्रिय भूकम्प दिवस भने माघ २ गते मनाउँदै आएको छ । सरकारले वि.सं. १९९० को भूकम्पलाई राष्ट्रिय भूकम्प दिवसको रूपमा मनाउने गरेको छ ।