पथरी। मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका भित्र विपद्जन्य प्रकोप न्यूनीकरणको पूर्वतयारी तथा प्रतिकार्य योजना निमार्ण गर्नको लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
शनिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ऐन निर्माणको लागि छलफल भएको हो । छलफलमा गाउँपालिकाले विपद्बाट मृत्यु हुनेको बार्षिक औसत, सडक दुर्घटनाबाट मृत्यु हुनेको बार्षिक औसत, विपद्बाट प्रत्यक्ष प्रभावित हुने परिवारको बार्षिक औसत आदि लगाएत विपद्जन्य प्रकोप न्यूनीकरणका लागि ४ बर्षिय सूचकहरु, आधार र लक्ष्य तयार भएको बताएका थिए ।
गाउँपालिकाले विपद्को ऐतिहासिक समयरेखा विगत ३० बर्षदेखीको तयार पारिसकेको छ । त्यस्तै गाउँपालिका भित्रका विद्यमान विपदजन्य प्रकोपहरु, विपद्को आवत्ति र गम्भीरता, विपद्बाट भएको क्षति विवरण, विपद्को प्रभाव विश्लेषण, विषयक्षेत्र अगुवा संस्थाका पदाधिकारीहरुको विवरण, विषयक्षेत्र अन्तर्गतका सरोकारवाला निकाय ता संस्थाको विवरण र प्रतिकार्यको लागि उपलब्ध जनशक्त्ति संस्थाहरुको विवरण जस्ता कामहरु केही गरी सकेको र केही गर्नबाँकी रहेको पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
कार्यक्रममा विपद न्यूनीकरणको लागि अहिले गाउँपालिकामा आवश्यक औजार सहित दमकल, लाईफ ज्याकेट, क्लाइम्विङ डोरी, सेफ्टिी हेल्मेट, मेगा हयाण्ड माइक, ईमरर्जेन्सी टर्च लाईट, आगो निभाउने यन्त्र, प्राथमिक उपचार किट, किटनाशक विषादी लगाएतका सामान हरु रहेका जाकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, अधिकृत गोविन्द फुयल, जिन्सी फाटका यादव निरौला, नेपाली कांग्रेसबाट योगेन्द्र दाहाल, एमालेबाट दानबहादुर बस्नेत, माओवादीबाट राजेन्द्र मण्डल लगाएत विभिन्न संघसंगठनका प्रतिनिधि, स्थानीय पत्रकार र प्रहरी उपस्थित भएका थिए ।