ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०७७÷०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो ।
अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका स्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए ।
चालू आर्थिक वर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिनाभित्रका आठ, ६ देखि १२ महिनाभित्रका ४१ र ६ महिनाभित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ ।
गत आवमा ६ महिनाभित्रका १२०, ६ देखि १२ महिनाभित्रका १५३, १२ देखि १८ महिनाभित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फछ्र्यौट भएको थियो ।
रासस