धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनुकटा शाखाले २२ औं स्थापना दिवशको अवसर पारेर प्रकाशन गरेको स्मारिका वुधवार एक समारोहको विच विमोचन गरिएको छ ।
फोनिज धनकुटा शाखाले प्रकाशन गरेको स्मारिकाको विमोचन राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईले एक औपचारिक समारोहको विच गरेका हुन् ।
धनकुटाको छिन्ताङबाट पत्रकारिताको शुरुवात गरेको राईले पुस्तक विमोचन समोरोहलाई सम्वोधन गर्दै भने–”फोनिज धनकुटा शाखाले प्रकाशन गरेको स्मारिकाले पत्रकारिताको विकल्प खोजिएको औल्याएका छन् ।” स्मारिकाको विवेचना गर्दै राईले भने–”स्मारिकाले समग्र नेपाली पत्रकारिताको इतिहाँस र आदिवासी जनजातिहरुको भाषिक, साँस्कृतिक पक्षलाई समेट्ने प्रयास गरिएको छ ।”
आगामी दिनमा धनकुटाको पत्रकारिताको विकासमा राससले खोल्नु पर्ने सबैखाले भुमिका निर्वाह गर्न आफु पछि नपर्ने बताउँदै पुस्तक विमोचन समारोहका प्रमुख अतिथि समेत रहेका राईले भने–फोनिज धनकुटा शाखाले धनकुटाको पत्रकारिताको विकासको लागी अघि वढाएको पछिल्लो समयको क्रियाकलाप उदाहरणिय रहेको छ ।”
महाप्रवन्धक राईले आगामी दिनमा पनि धनकुटाको सिङ्गो पत्रकारिताको विकासको लागी अझ् थप सृजनशिल कार्य गर्दै अघि वढ्न शुभकामना दिए ।
सो अवसरमा वोल्नु हुँदै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पत्रकारिता क्षेत्रमा सामुहिक भावानाको महत्वपुर्ण जिम्मेवारी लिएर अघि वढ्ने पेशा भएको बताए ।
प्रमुख तामाङले त्यो जिम्मेवारी पुरा गरेर अघि वढ्ने क्रममा धनकुटाका पत्रकार सिद्धराज राई राससको महाप्रवन्धक हुनु भएको छ, यो खुशिको कुरा हो भन्दै वधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
तामाङले फोनिज धनकुटा शाखाले प्रकाशन गरेको स्मारिका धनकुटाको आदिवासी जनजाति पत्रकारहरुको लागी मात्र हैन समग्र धनकुटाको पत्रकारिताको इतिहाँसलाई दस्तावेजिकरण गरेको बताए । भोलीको दिनमा धनकुटाको पत्रकारिताको विषयमा जानकारी लिन खोज्ने जो कसैलाई फोनिज धनकुटा शाखाले प्रकाशन गरेको स्मारिका कोशे ढुङ्गा सावित हुने दाबी गरे ।
आदिवासी जनजाति पत्रकारहरुले पत्रकारिता गरिरहँदा आफ्नो समुदायमा अरु पत्रकार भन्दा पृथक खालको भुमिका हुनु पर्छ भन्दै कार्यक्रमको विशेष अतिति समेत रहेका तामाङले भने–”राज्यद्धारा आदिवासी जनजातिहरु माथि भएको अन्याय अत्याचार, उत्पिडन, दमन र आवाज विहिनहरुको आवाजलाई उठाउनु सक्नु पर्छ ।”
तामाङले आफुहरु धनकुटा नगरपालिकामा आएको चार वर्ष भएर पाँच वर्ष लाग्दैछ, अहिलेसम्म हामीले गरेको राम्रो कामको प्रचार गर्ने र नराम्रो कामको भण्डाफोर गर्ने गर्नु भएको छ यो राम्रो पक्ष रहेको भन्दै धनकुटाका पत्रकारहरुलाई धन्यवाद् दिए ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतमा सम्पन्न २२ स्थापना दिवशको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा स्मारिका विमोचन समारोहमा फोनिजका संघिय सल्लाहकार संजयसन्तोषी राई, फोनिज धनकुटा शाखाका सल्लहाकार संयोजक एवं प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराईली, पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा एकल जातिय पत्रकारजन्य संघ संगठनहरुको तर्फबाट फोनिजका १ नम्वर प्रदेश समितिका महासचिव विदुर खवास, पत्रकार जन्य संगसंठनहरुको तर्फबाट प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष सन्तोष रुचाल, राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, वडाध्यक्षहरुको तर्फबाट धनपा–वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ, ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, युवा पहिचानी कवि केजी सुब्बा र धनकुटामा रहेका १५ एकल जातिय संस्थाहरुको प्रतिनिधत्व गर्दै किराँत आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट वहादुर छोङदेन आठपहरिया लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना गर्न सहयोग गर्ने दातालाई सम्मान ः फोनिज धनकुटा शाखाले २२ औं स्थापना दिवशको अवसर पारेर धनकुटा शाखामा ”आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार” स्थापना गर्न सहयोग गर्ने २ जना दातालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका निवर्तमान अध्यक्ष इन्द्रसारु मगर र समन्वय परिषद सदस्य ज्ञानवहादुर गुरुङ रेहका छन् ।
दुवै जनालाई पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि राससका महाप्रवन्धक सिद्धराज राई र विशिष्ट अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सम्मान गरेका हुन् । उनीहरुलाई सम्मान पत्र, खदा र नेपाली ढाका टोपी ओढाएर सम्मान गरिएको थियो ।
वि.सं.२०७३ सालमा तेश्रो जिल्ला अधिवेशनताका ”आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार” स्थापना गर्नको लागी मगर र गुरुङले फोनिज धनकुटा शाखालाई सहयोग गरेका थिए । उनीहरुले हरेक तिन वर्ष हुने जिल्ला शाखाको अधिवेशनमा प्रदान गरिने ” पाँच हजार राशी बराबरको नगद पुरस्कार जीवनभर प्रदान गर्ने गरी फोनिज धनकुटा शाखासंग लिखित सम्झौता गरेका छन् ।
”आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार” स्थापना गर्न सहयोग गर्ने दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि रासस महाप्रवन्धक राईले धन्यवाद दिए ।
उनले आगामी दिनमा पनि सहयोगको निरन्तरता दिने गरी खुल्ला दिलले सहयोग गरेको भन्दै खुशि व्यक्त गरे । सो अवसरमा फोनिज धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाले धनकुटामा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुलाई आगामी दिनमा तप हौसला प्रदान गर्न सहयोग पुगोस भन्ने उदेश्यले आ.व.०७८/०७९ मा कार्यान्वयन गर्ने गरी १ लाख रुपयाँ वरावरको अक्षयकोषको समेत घोषणा गरेका छन् । अध्यक्ष लामाले अक्षयकोषको लागी थप सहयोग गर्न सहभागी सवैलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रमको संचालन फोनिज जिल्ला शाखाका सचिव जयन्ती राईले संचालन गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष मानवी मोक्तान तामाङले राखेका थिए ।